दफा २७३
नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने

(१) कसैले नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने कुनै साधन निर्धारित स्तरभन्दा घटी बढी हुने गरी बनाउन वाबनाउन लगाउन वा त्यसरी बनाएको नाप्ने, तौलने, गुणस्तर निर्धारण गर्ने साधन जानीजानी सक्कली सरह चलन गर्न वाचलन गर्ने नियतले राख्न वा बिक्री गर्न वा त्यस्तो साधनमा लगाउने छाप वा टाँचा नक्कली बनाउन वा नाप्ने,तौलने वा गुणस्तर निर्धारण गर्ने साधनको छाप वा टाँचा विगार्न वा अर्को कुनै साधनको मद्दतले त्यस्तो साधनकोनाप्ने, तौलने वा गुणस्तर निर्धारण क्षमतामा प्रभाव पार्न वा त्यस्तो साधनमा नक्कली छाप वा टाँचा लगाउन वाअन्य कुनै उपायद्वारा चलन चल्तीको नाप वा तौललाई घटी बढी हुन सक्ने बनाउन हुँदैन।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्नेसाधन” भन्नाले कुनै वस्तु वा सेवाको इकाई, गुण वा परिमाण वा त्यस्तो बस्तु वा सेवाको शुद्धता वा स्तरवा कुनै वस्तुको इकाई निर्धारण गर्न कानून बमोजिम चलन चल्तीमा रहेको साधन सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
(३) उपदफा (१) बमोजिम बनाएको, चलन चल्तीमा ल्याएको साधन, त्यसलाई बनाउने वा मर्मत गर्ने औजार समेत जफत हुनेछ ।